कालिकामाई गाउँपालिकामा मंगलबार तालाबन्दी गरिएको छ। स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूले गाउँपालिका अध्यक्षको भ्रष्टाचारविरुद्ध तालाबन्दी गरेका हुन् ।
स्वास्थ्यका करारका आठ कर्मचारीको म्याद नथपिएपछि उनीहरू १० दिनदेखि पालिकाको गेटमा धर्ना दिँदै आएका छन् । यसैबिच, कांग्रेस, एमाले र अन्य स्थानीय जनप्रतिनिधिहरूले समस्या समाधानका लागि प्रदर्शन र धर्ना गरेका छन् ।
तालाबन्दीको क्रममा गा.पा. उपाध्यक्ष राजमती देवी, वडा अध्यक्ष सोनालाल चौरसिया, संजय कुमार पटेल, संजय कुमार साह लगायतका सदस्यहरूले समर्थन गरेका छन् । जनप्रतिनिधिहरूले समस्या समाधान नगरे गा.पा. अध्यक्षको घर घेराउ गर्ने चेतावनी दिएका छन् ।
स्वास्थ्यका कर्मचारीहरूको म्याद नथप्ने र नयाँ नियुक्ति गर्न गोप्य निर्णय भएका कारण आन्दोलन चर्किएको छ । कर्मचारीहरूको कार्य मूल्याङ्कन उच्च भएको र जनशक्ति अभावका कारण स्वास्थ्य संस्थाहरूमा समस्या उत्पन्न भएको छ । तर पालिकाले भने अाफ्नै अवैधानिक कदममा अडिग रहेका छन् ।