शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सर्लाहीका ११ पालिकामा अझै अनुपस्थित, प्रशासनिक काम प्रभावित
सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सर्लाहीका ११ पालिकामा अझै अनुपस्थित, प्रशासनिक काम प्रभावित
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, वैशाख ६, २०८३
A1 Beakery Add A1 Beakery Add

नयाँ सरकार गठनपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतमध्ये अधिकांश सर्लाहीका विभिन्न स्थानीय तहमा अझै हाजिर हुन आएका छैनन् । यसले जिल्लाका ११ पालिकाको प्रशासनिक कामकाज प्रभावित भएको छ ।

मन्त्रालयले शिक्षा, स्वास्थ्य तथा आयुर्वेद शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर सर्लाहीका पालिकामा दरबन्दीअनुसार उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको थियो । तर चैत १६ देखि ३० गतेसम्म गरिएको सरुवा सूचीअनुसार ११ जना मध्ये हालसम्म केवल चार जना मात्र सम्बन्धित पालिकामा उपस्थित भई कार्यभार सम्हालेका छन् ।

हालसम्म बागमती गाउँपालिकामा उपसचिव रामप्रसाद शर्मा, कविलासीमा उपसचिव मनहरि बराल, हरिपुरमा उपसचिव जयराम नेपाल र गोडैतामा उपसचिव हेमबहादुर कार्कीले मात्र हाजिर भई कामकाज सुरु गरेका छन् ।

त्यस्तै, चैत १९ गते मन्त्रालयले धनकौल गाउँपालिकामा शाखा अधिकृत प्रशान्तकुमार बर्मा, विष्णु गाउँपालिकामा प्रमोदकुमार ठाकुर र बसबरिया गाउँपालिकामा सुजितकुमार यादवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चैत २६ गते हरिपुर्वा नगरपालिकामा उपसचिव जगदीश अर्याल र ईश्वरपुर नगरपालिकामा उपसचिव शालिकराम दाहाललाई तथा चैत ३० गते मलङ्गवा नगरपालिकामा उपसचिव झङ्कनाथ ढकाल र बलरा नगरपालिकामा उपसचिव मेघराज पन्तलाई सरुवा गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ । तर यीमध्ये अधिकांश अझै सम्बन्धित पालिकामा हाजिर भएका छैनन् ।

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहका अनुसार मन्त्रालयको निर्णयअनुसार सरुवा सूचना प्राप्त भए पनि धेरै कर्मचारी सम्पर्कमै नआएको अवस्था छ । यसले स्थानीय प्रशासन सञ्चालनमा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण, बजेट कार्यान्वयन, सेवा प्रवाह र दैनिक प्रशासनिक कामसमेत प्रभावित भइरहेको छ । कतिपय पालिकामा त तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम चलाउने अवस्था रहेको बताइएको छ ।

नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अभाव तथा राजनीतिक हस्तक्षेपका कारण सरुवा भएर आएका कर्मचारीले हाजिर नगर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार कतिपय पालिकामा त हाजिर हुन आएका कर्मचारीलाई समेत रोक्ने परिपाटीले समस्या झनै जटिल बनाएको छ ।

विशेषगरी आर्थिक अधिकारसहितका प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाका विकास आयोजना, ठेक्का प्रक्रिया र दैनिक सेवा प्रवाह ठप्प जस्तै भएको स्थानीयवासीहरूले गुनासो गरेका छन् ।

विश्लेषकहरूले संघीय प्रणालीमा स्थानीय तहको प्रभावकारी सञ्चालनका लागि प्रशासनिक स्थिरता र सरुवा प्रणालीलाई पारदर्शी तथा बाध्यकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १४:४८
#नेपाल सरकार #सर्लाही #सरुवा #प्रमुख प्रशासकीय अधिकृत #स्थानीय तह #गाउँपालिका #विकास निर्माण #नगरपालिका #जनप्रतिनिधि #संघीय मामिला मन्त्रालय #सेवा प्रवाह #कर्मचारी सरुवा #प्रशासनिक समस्या #निमित्त प्रमुख
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मर्मत अभावमा बानेश्वरनाथ झोलुङ्गे पुल जोखिमपूर्ण, दुर्घटनाको त्रासमा स्थानीय
मर्मत अभावमा बानेश्वरनाथ झोलुङ्गे पुल जोखिमपूर्ण, दुर्घटनाको त्रासमा स्थानीय आइतबार, कात्तिक ८, २०८३
कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित मेधा शाहीलाई जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा सम्मान
कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित मेधा शाहीलाई जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा सम्मान आइतबार, कात्तिक ८, २०८३
छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा बाँसका सामग्रीको किनबेच बढ्यो (तस्बिरहरू)
छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा बाँसका सामग्रीको किनबेच बढ्यो (तस्बिरहरू) आइतबार, कात्तिक ८, २०८३
सर्लाहीमा ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर
सर्लाहीमा ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर शनिबार, कात्तिक ७, २०८३
रौतहटको औरैयामा नवजात शिशु स्वास्थ्य सेवाको ‘मोडेल’ स्थापना
रौतहटको औरैयामा नवजात शिशु स्वास्थ्य सेवाको ‘मोडेल’ स्थापना शनिबार, कात्तिक ७, २०८३
दशैंमेला हेरेर फर्किरहेका युवक र बालिकालाई ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ
दशैंमेला हेरेर फर्किरहेका युवक र बालिकालाई ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ शनिबार, कात्तिक ७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी
मलाइकाको निजी जीवनमा फेरि चर्चा, प्रेम सम्बन्धबारे अनेक अड्कलबाजी वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP