बारा जिल्लाको खुटवाप्रसौनीमा आम जनता पार्टी (आजपा) द्वारा आयोजित गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ ।
भेलामा पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले सांसद साहले जनताको सेवा र सुविधा प्रदान गर्न सरकार असक्षम भएको आरोप लगाउँदै, मधेश प्रदेशमा विद्यार्थीहरूको अनुपातमा शिक्षक दरबन्दी व्यवस्थापन गर्न, शून्य कर सहित पानी र बिजुली निःशुल्क उपलब्ध गराउन, र किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । साधारण नागरिकहरूको मागलाई बेवास्ता गर्नेहरूलाई जनताले आगामी निर्वाचनमा मतद्वारा जवाफ दिने चेतावनी समेत दिएका छन् ।
उक्त भेलाले ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । आम जनता पार्टी मधेश प्रदेश कमिटिले आयोजना गरेको भेलाको सहजिकरण जिल्ला सचिव राजकिशोर तेलिले गरेका थिए ।
उक्त भेलामा स्थानीय, तथा विभिन्न नेताहरूको उपस्थिति रहेको थियो ।