आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटको उपाधि होडबाट नेपाल बाहिरिएको छ ।
आज भएको खेलमा अमेरिकाले इटालीलाई पराजित गरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
अमेरिकाले एक खेलअगावै उपाधि सुनिश्चित गरेको छ। ७ खेलमा १२ अंक जोड्दै अमेरिका तालिकाको शीर्ष स्थानमा रहेको छ । इटाली ७ खेलमा ६ अंकसहित चौथो स्थानमा छ ।
प्रतियोगिताअन्तर्गत हाल नेपाल र भानुआतुबीच खेल जारी रहेको छ । नेपाल ६ खेलमा ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने भानुआतु ७ खेलमा २ अंकसहित पुछारमा रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।