सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ छपकीका नुर महम्मद मियाँ श्रीमतीमाथि कुटपिट गरी अंगभंग गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार २०८२ चैत २० गते श्रीमती मैमुल खातुनलाई खानबस्नसमेत नदिई कुटपिट गरी दुवै खुट्टाको हड्डी भाँचिदिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार मियाँविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।