प्रतिनिधिसभा को बैठक आज दिउँसो १ बजे बस्दैछ ।
संसद् सचिवालयका अनुसार आजको बैठक मुख्य रूपमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि केन्द्रित हुनेछ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वका आधारमा विस्तृत छलफल हुने जनाइएको छ । छलफलका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले आफ्नो धारणा राख्नेछन् भने सरकारका योजना, प्राथमिकता र कार्यक्रमका विषयमा सत्तापक्ष तथा प्रतिपक्षबीच बहस हुने अपेक्षा गरिएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद् को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।