विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद्मा विरोध जनाएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले राजीनामा माग गरेका हुन् । आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची भए पनि प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै बैठक अवरोध गरेका छन् ।
सांसदहरूले प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विरोध गर्दै हाल संसद्भित्र प्रधानमन्त्रीको खोजी गरिरहेका छन् ।