प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षी दलहरूको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिमा मात्रै नीति तथा कार्यक्रमबारे जवाफ आउनुपर्ने भन्दै सदनमा रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । विपक्षीको अवरोध जारी रहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
यसअघि पनि सोही माग राख्दै विपक्षीले बैठक अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर दोस्रो बैठकमा पनि सहमति नजुट्दा पुनः बैठक प्रभावित भएको छ ।