विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ३ करोड ९३ लाख ८८ हजार ६ सय ३१ रुपैयाँ बराबरको मालसामान लोड गरिएको दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट काठमाडौंतर्फ गइरहेका लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरका ट्रकमा विल विजकभन्दा बढीका वस्तुहरू ह्विस्की, कम्प्युटर माउस लगायतका समाग्री भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साले ती ट्रकहरू नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।