शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • 'मेड इन मधेश' देखि डिजिटल मधेशसम्म: आगामी वर्षका लागि मधेश प्रदेशको नीति तथा कार्यक्रम घोषणाकाे मुख्य आकर्षणहरु
'मेड इन मधेश' देखि डिजिटल मधेशसम्म: आगामी वर्षका लागि मधेश प्रदेशको नीति तथा कार्यक्रम घोषणाकाे मुख्य आकर्षणहरु मधेश सरकारले कृषि, उद्योग, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएकाे छ ।
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, जेठ १५, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, उद्योग, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । सरकारले “उत्पादनशील मधेश, आत्मनिर्भर देश” अभियानमार्फत कृषि उत्पादन वृद्धि गर्दै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । धान, गहुँ, मकै, कोदो, दलहन र तेलहन बालीको बीउमा आत्मनिर्भरता हासिल गर्ने, साथै मखान र माछा पालनलाई व्यावसायिक रूपमा विस्तार गरी ब्रान्डिङ गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

कृषकलाई लक्षित गर्दै कृषि अनुदान प्रणालीलाई पारदर्शी बनाउन ‘डाइरेक्ट सब्सिडी’ प्रणाली लागू गरिने छ । उत्पादनका आधारमा अनुदान रकम सिधै किसानको बैंक खातामा पठाइने व्यवस्था गरिने सरकारले जनाएको छ । त्यस्तै, कृषि उपजको खेर जाने समस्या समाधान गर्न प्रत्येक स्थानीय तहमा कोल्ड चेन, चिस्यान केन्द्र र ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरिनेछ ।

सिँचाइ क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याइएको छ । कृषि सिँचाइमा शतप्रतिशत विद्युत् महसुल अनुदान दिने, सौर्य सिँचाइ प्रवर्द्धन गर्ने तथा बाँझो जमिन उपयोगमा ल्याउन ‘प्रदेश भूमि बैंक’ स्थापना गर्ने नीति अघि सारिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उद्योग, रोजगारी र डिजिटल अर्थतन्त्र

प्रदेश सरकारले उद्योग तथा लगानी प्रवर्द्धनका लागि एकद्वार सेवा केन्द्र स्थापना गर्ने भएको छ ।

लगानीकर्तालाई कर र जग्गा रजिस्ट्रेसनमा छुट दिइने नीति पनि ल्याइएको छ । युवालाई लक्षित गर्दै एक लाख डिजिटल उद्यमी उत्पादन गर्ने योजना अघि सारिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि ‘डिजिटल सीप पासपोर्ट’ लागू गरिनेछ भने ‘मधेश स्टार्टअप फन्ड’ मार्फत नवप्रवर्तनलाई सहयोग गरिने जनाएकाे छ ।

कम्तीमा एक हजार जनालाई रोजगारी दिने उद्योग तथा रोजगारदातालाई सम्मान गर्ने व्यवस्था पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक विकास

शिक्षा क्षेत्रमा ‘STEAM’ (Science, Technology, Engineering, Arts, Mathematics) आधारित शिक्षण प्रणाली लागू गरिने जनाएकाे छ । साक्षरता अभियानलाई “अप्पन बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ” नारासहित अघि बढाइने घाेषणा गरिएकाे छ ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरी महिला स्वरोजगारसँग जोडिनेछ । महिलालाई सीप विकास र सहुलियतपूर्ण कर्जामार्फत आत्मनिर्भर बनाइने प्रदेश सरकारले जनाएकाे छ । स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएका व्यक्तिका लागि विशेष वार्ड तथा मानसिक स्वास्थ्य उपचार कक्ष स्थापना गरिनेछ ।

यसका साथै सडक आश्रित मानवलाई उद्धार गरी ‘सुरक्षित आवास (Safe House)’ मार्फत मधेशलाई सडक आश्रित मानवमुक्त प्रदेश बनाउने लक्ष्य लिइएको छ ।

पूर्वाधार, वातावरण र पर्यटन

विकास आयोजनामा काटिने प्रत्येक रूखको सट्टा १० वटा नयाँ रूख रोप्ने नीति लागू गरिनेछ ।

विद्युतीय सवारी साधन (EV) प्रवर्द्धन र चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको छ । पर्यटन क्षेत्रमा जनकपुरधामलाई अन्तर्राष्ट्रिय ‘वेडिङ डेस्टिनेसन’ का रूपमा विकास गर्ने तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिनेछ ।

त्यस्तै, बाराको सिम्रौनगढलाई खुला संग्रहालय (Open Air Museum) का रूपमा विकास गरिनेछ भने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै आयोजना गर्ने लक्ष्य लिइएको छ ।

सुशासन र डिजिटल सेवा प्रणाली

प्रदेश सरकारले सेवाग्राहीमैत्री प्रशासनका लागि ‘Paperless, Queueless and Faceless’ सेवा प्रणाली लागू गर्ने भएको छ । नागरिक गुनासो सम्बोधनका लागि ‘नमस्ते मधेश एप’ र ‘Hello CM’ पोर्टल एकीकृत रूपमा सञ्चालन गरिनेछ ।

आर्थिक अनुशासन कायम गर्न ‘शून्य-दिन खरिद नीति’ लागू गरिनेछ भने कर्मचारी सरुवालाई पारदर्शी बनाउन ‘स्वचालित डिजिटल सरुवा प्रणाली’ लागू गरिनेछ । अनावश्यक खर्च घटाउन र संरचना पुनर्संरचना गर्न ‘राइटसाइजिङ’ नीति पनि अघि सारिएको छ । प्रदेश सरकारले आफ्नै टेलिभिजन र रेडियो स्थापना गर्ने योजना समेत ल्याएको छ ।

मधेश प्रदेशको नीति तथा कार्यक्रमले कृषि आधुनिकीकरण, डिजिटल अर्थतन्त्र विस्तार, पूर्वाधार विकास, सामाजिक समावेशीकरण र सुशासनलाई केन्द्रमा राखेको देखिन्छ । सरकारले यी कार्यक्रमहरू कार्यान्वयनमार्फत प्रदेशलाई आत्मनिर्भर, समृद्ध र डिजिटल रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ ।

पूर्णपाठ सहित

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  २१:२३
#नेपाल सरकार #मधेश प्रदेश #नीति तथा कार्यक्रम #सुशासन #कृषि #जनकपुरधाम #बजेट २०८३/८४ #डिजिटल मधेश
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, टेरामक्स र वीरगंजका मेयर राजेशमान सिंहको मुद्दाको सफाईअघि जबराको सक्रियतामाथि प्रश्न आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) आइतबार, असोज ४, २०८३
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित)
नागरिकता किर्ते प्रकरण : निलम्बित मेयर राजेशमान सिंहको मुद्दा साेमबार विशेष अदालतमा पेशी (भिडियाे सहित) आइतबार, भदौ २८, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाह : ‘यतिबेला शरीर थाक्यो भन्दै विश्राम गर्ने छुट छैन’
प्रधानमन्त्री शाह : ‘यतिबेला शरीर थाक्यो भन्दै विश्राम गर्ने छुट छैन’ बुधबार, भदौ १७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP