पत्नीको हत्या गरी फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोलका रामनारायण दास तत्मालाई पक्राउ गरिएको हो । दासले जेठ १४ गते मादक पदार्थ सेवन गरी ४२ वर्षीया आफ्नी पत्नी हलसिया कुमारी देवीमाथि फलामको हतियार प्रहार गरी हत्या गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका उनलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार अभियुक्तमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।