सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक अधिवेशनमार्फत पार्टी नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला मधेश प्रदेशका विभिन्न जिल्लामा आन्तरिक विवाद चुलिँदै गएको छ ।
सांसदमा निर्वाचित गराएका कार्यकर्ताहरुलाई पहिल्यै डेरा जमाएका पुराना कार्यकर्ताहरुले स्वकार्न सकस हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीको जग हसाई भईरहेको छ । नेतृत्व चयन, प्रतिनिधि छनोट तथा संगठन विस्तारको विषयलाई लिएर उत्पन्न विवादका कारण कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको जग हसाएको छ । उत्पन्न विवादका कारण कतिपय जिल्लामा अधिवेशन प्रक्रिया प्रभावित बनेको छ भने केही स्थानमा कुटाकुट र कार्यालयमा तालाबन्दीसम्मका घटना भएका छन् ।
सांसदमा निर्वाचितहरुले पार्टी कब्जा गरिलिने सोचले पुराना कार्यकर्ताहरु हतास मानसिकताले मधेश प्रदेशको अधिकांश जिल्लामा विवाद देखिएको छ । मधेश प्रदेशको बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा कार्यकर्ताको बहुमत भन्दा मै हुनुपर्ने र मेरै व्यक्ती हुनुपर्ने हठका कारण विवाद चुलिएको छ ।
विस्तृत भिडियाेमा ...