जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि जनकपुर बोल्ट्सले आफ्नो रिटेन लिस्ट सार्वजनिक गरेको छ । टोलीले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गर्दै नयाँ सिजनको तयारी थालेको हो ।
आसिफलाई रिलिज गरेसँगै जनकपुर बोल्ट्स एनपीएलमा आफ्नो मार्की खेलाडी रिलिज गर्ने पहिलो टोली बनेको छ ।
जनकपुरले ललित राजवंशी, अनिलकुमार शाह, मयन यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ । टोलीले नियमअनुसार सात जना खेलाडी रिटेन गर्न पाउने भए पनि पाँच जनालाई मात्र कायम राखेको हो ।
त्यसैगरी, जनकपुरले मार्की खेलाडी आसिफ शेखसहित किशोर महतो, शुभ कंसाकर, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंहलाई रिलिज गरेको छ ।
नयाँ सिजनका लागि टोलीले आगामी खेलाडी अक्सनमार्फत बाँकी खेलाडी चयन गर्ने तयारी गरेको जनाएको छ ।