शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
भिडियो
  • गृहपृष्ठ
  • भिडियो
  • वीरगंजका मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : गृहकाे छानविनदेखि फरारसम्ममा चर्को विवाद | (विस्तृत भिडियाे सहित)
वीरगंजका मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : गृहकाे छानविनदेखि फरारसम्ममा चर्को विवाद | (विस्तृत भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, जेठ २९, २०८३

वीरगंज महानगरपालिकाको राजनीतिक र प्रशासनिक वृत्तमा अहिले एक चर्चित प्रकरणको केन्द्र बनेको छ । खोजमूलक पत्रकारिताबाट सुरु भएको नागरिकता किर्ते आरोप अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दासम्म पुगेको छ, जसले मेयर राजेशमान सिंहलाई निलम्बन गरिदिएको छ । 

पत्रकारको खोजबाट सुरु भएको प्रकरण

२०८० पुस २४ गते पत्रकार जियालाल साहले सार्वजनिक गरेको खोजमूलक रिपोर्टले एक संवेदनशील मुद्दा बाहिर ल्याएको थियो । उनको रिपोर्ट अनुसार, मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नी छोरी भएको दाबी गर्दै झुटा विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी बनाइएको विषय उजागर गरेका थिए । 

यस विषय सार्वजनिक भएपछि मेयर सिंहले पत्रकार साहविरुद्ध मानहानि तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेका छन् । हालसम्म पत्रकार साहले विभिन्न कानुनी प्रक्रियाको सामना गरिरहेका छन् । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पत्रकार जियालाल साहले सार्वजनिक गरेको खुलासापछि वीरगंज महानगरपालिका वडा नं। ३ छपकैया निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । उनले मेयर सिंहले रिता भट्टराईकी छोरीलाई आफ्नी छोरी देखाएर किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोप लगाएका थिए ।

प्रहरीले प्रारम्भिक रूपमा उजुरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमार्फत उजुरी दर्ता गराएको थियो । त्यसपछि अनुसन्धान प्रक्रिया सुरु भएको भनिएपनि तत्कालीन प्रहरी उपरीक्षक कोमल शाहदेखि कुमोद ढुंगेल, गौतम मिश्र र हालका एसपी सुदीप राज पाठकको कार्यकालमा  अनुसन्धान निष्कर्षमा पुगिसकेको थिएन । तर उच्चको आदेशपछि अहिले कै एसपी पाठकको नेतृत्वले अनुसन्धानमा अन्तिम किनारा लगाएको छ । 

अदालतसम्म पुगेको लामो झन्झटिलो कानुनी प्रक्रिया

अनुसन्धानमा ढिलाइ भएको भन्दै उजुरीकर्ताले २०८२ वैशाख ३० गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा रिट दायर गरेका थिए । सोहि आदेशपछि प्रहरीले गरेको अनुसन्धानपछि  सरकारी वकिलको कार्यालयले ४ वटा मुद्दा दायर गरेको थियो । पक्राउ पुर्जि जारी भएपछि मेयर सिंह अदालतमा उपस्थित भएपनि नाटकिय रुपमा फरार भएका थिए । पछि पक्राउ गरी पुनः अदालतमा पेश गरिएको थियो । अदालतले धरौटी माग गरेपछि उनी रिहा भएका छन् ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले प्रहरीले अनुसन्धान नगरेको बारेमा २०८२ पुस १४ गते परमादेश जारी गर्दै अनुसन्धान तत्काल अघि बढाउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले विस्तृत अनुसन्धान गरी  जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोहि प्रतिवेदनको अधारमा सरकारी वकिलको कार्यालय पर्साले २०८३ जेठ १ गते मेयरलाई अनुपस्थित जनाई ७ वर्ष कैद सजाय माग सहित झुठा विवरण पेस गरि नागरिकता बनाएको र लिखत सम्बन्धि कसुर २र२ वटा गरी ४ वटा मुद्दा पर्सा जिल्ला अदालतमा दायर गरेको थियो । दायर मुद्दाको १२ दिनपछि जेठ १२ गते जिल्ला अदालतले पक्राउ पुर्जि जारि गरेको थियो । 
पक्राउ पुर्जि जारी भएको अवस्थामा मेयर सिंह जेठ १३ गते जिल्ला अदालत पर्सामा हाजिर भएका थिए । तर मुद्दाको चाप भएकाले सुनवाइ नभएपछि थुनामा पठाइनुपर्ने मेयर अदालतबाटै नाटकिय रूपमा फरार भएका थिए । फरार मेयरलाई जेठ १९ गते पर्सा प्रहरीले ठोरीबाट पक्राउ गरी विहान ९ बजे अदालतमा पेश गरेको थियो । 
पर्सा जिल्ला अदालतले मेयर सिंहलाई ४ लाख १५ हजार रूपैयाँ धरौटि माग गरेको थियो । उक्त धरौटि बुझाएर मेयर रिहा भएका छन् । 

अख्तियार महानगरपालिका मध्ये अहिलेसम्म कै पहिलो महानगरको आरोपपत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते कागजातका आधारमा सरकारी दस्तावेज तयार गरिएको भन्दै मेयर सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आरोपपत्र अनुसार झुटा विवरणका आधारमा जन्मदर्ता बनाएको, सोही आधारमा नागरिकता र राहदानी जारी गरिएको, सरकारी कर्मचारीहरूसँग मिलेमतो गएको, अभिलेखमा अनियमितता, हेरफेर र लुकाउने काम गरेको आरोपमा अख्तियारले मेयर राजेशमान सिंहलाई “मुख्य मतियार” को रूपमा उल्लेख गर्दै मुख्य कसुरदार सरह सजायको माग गरेको छ ।


अख्तियारका अनुसार मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गर्दै झुट्टा विवरणका आधारमा पञ्जीकरण अधिकारीको किर्ते हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता तथा राहदानी बनाउन सरकारी कर्मचारीहरूसँग मिलेमतो गरेका थिए ।  आयोगका अनुसार मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं। १० वतन भएकी रिता भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११, दफा १२ र दफा १९ को उपदफा ९२० बमोजिमको कसुरजन्य कार्यको नगदी जिन्सी वा कुनै सुविधा वा लाभ उपलब्ध गराइदिने वा आफुले लिने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले सोही ऐनको दफा ९, दफा ११, दफा १२ र दफा १९ को उपदफा ९२० बमोजिम हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी गरेको छ । 


मुद्दामा तत्कालीन वडा सचिव, कार्यवाहक वडाध्यक्ष, जिल्ला प्रशासनका अधिकारी तथा गृह मन्त्रालयको छानबिन समितिका सदस्यहरू समेत प्रतिवादी बनेका छन् । आरोप अनुसार किर्ते हस्ताक्षर गरी जन्मदर्ता तयार गरेको, सोही आधारमा नागरिकता जारी गरेको, छानबिन प्रतिवेदन मै तथ्य लुकाएको दाबी गरेको छ । 


आयोगले मेयरसिंहको उक्त काममा वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव भिखारी राय, कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी षडकुमार पोखरेलको समेत संलग्नता रहेको जनाएको छ । 

आरोपपत्र अनुसार मेयर सिंहले रुविना श्रेष्ठलाई आफ्नी छोरी भएको दाबी गर्दै सूचकको रूपमा फाराम भरेर वीरगञ्ज महानगरपालिका–३ मा जन्मदर्ताका लागि निवेदन दिएका थिए । सोही आधारमा २०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र जारी गरेको थियो । तत्कालिन वडा सचिव भिखारी रायले भने आफ्नो किर्ते हस्ताक्षर गरेर नक्कली जन्मदर्ता बनाएको दाबी गर्दै आएको छ । जसको पुष्टि वर्दिवासस्थित विधि विज्ञान प्रयोगशालाले समेत गरिसकेको छ । किर्ते जन्मदर्ता उक्त प्रमाणपत्रकै आधारमा मेयर बस्ने वडा नं। ३ को वडा  कार्यालयबाट कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईले नागरिकताको सिफारिसको अधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविना श्रेष्ठका नाममा नेपाली नागरिकता जारी गरिएको अख्तियारको दाबी छ । अख्तियारले ठकुराई र राय विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १२ बमोजिमको कसुरमा सोही ऐनको दफा ९, दफा ११ र दफा १२ बमोजिम कैद र जरिवाना समेतको सजाय हुन मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ  । यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेल विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १२ बमोजिमको कसुरमा सोही ऐनको दफा ९, दफा ११ र दफा १२ बमोजिम कैद र जरिवाना समेतको सजाय मागदाबी लिएको छ । 

आयोगले तिनैजना विरुद्ध जन्मदर्ता प्रमाणपत्र जारी गर्ने क्रममा जानी–जानी गलत लिखत तयार गरिएको, सरकारी अभिलेखमा गैरकानुनी हेरफेर गरिएको, अभिलेख लुकाइएको तथा नष्ट गर्ने कार्यसमेत भएको आरोप लगाएको छ ।

यसैबीच, गैरकानुनी रूपमा नागरिकता जारी गरिएको विषयमा सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको भूमिकामाथि पनि अख्तियारले प्रश्न उठाएको छ । तत्कालीन उपसचिव पुष्कर राना संयोजक तथा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको समितिले वास्तविक तथ्य लुकाएर गलत प्रतिवेदन तयार पारेको आरोप आयोगले लगाएको छ । 

नागरिकता किर्ते विषयमा गठित समितिले सम्बन्धित कागजात नष्ट भइसकेको उल्लेख गर्दै थप अनुसन्धान वा कारबाही आवश्यक नरहेको निष्कर्ष सहितको प्रतिवेदन निकालेको थियो । अख्तियारले उक्त प्रतिवेदनलाई कसुर ढाकछोप गर्ने उद्देश्यले तयार पारिएको दाबी गरेको छ । आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९  को उपदफा ९२० बमोजिम कैद र जरिवाना समेत सजाय हुन मागदाबी गरेको छ । 

राजनीतिक माहौल ताते, पत्रकार माथिको मुद्दाले तनाव

यस प्रकरणले वीरगंजको राजनीतिक माहौल तातेको छ । निवेदक पक्षले निवेदक पक्षले भने अनुसन्धान कमजोर बनाएको आरोप लगाउने गरेका छन् । 

यो प्रकरण सार्वजनिक गर्ने पत्रकार जियालाल साहमाथि मेयर पक्षबाट मानहानि, गाली बेइज्जती र साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेको छ । उनी विगत लामो समयदेखि कानुनी झमेलामा छन् ।

एक खोजमूलक समाचारबाट सुरु भएको यो विवाद अहिले अख्तियार, अदालत र राजनीतिक वृत्तसम्म फैलिएको छ । आरोप–प्रत्यारोप, अनुसन्धान र कानुनी प्रक्रियाबीच यो मुद्दा अझै निर्णायक मोडतर्फ उन्मुख भई भने सकेको छैन् ।

भिडियाे सामाग्री

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १९:२२
#राजेशमान सिंह #नागरिकता किर्ते प्रकरण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप भिडियो
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी आइतबार, साउन ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ वीरगंज सिटी
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा
वीरगंजमा अव्यवस्थित अटो रिक्साले ट्राफिक जाम, घण्टाघर क्षेत्रका सर्वसाधारण सास्तीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP