वीरगंज महानगरपालिका–१६ नगवामा निर्माणाधीन अवस्थामा रहेको वृद्धाश्रमको औपचारिक उद्घाटन गरिएको छ । वृद्ध आमाबुबाको सेवा, संरक्षण तथा सामाजिक आवश्यकतालाई मध्यनजर गर्दै आश्रम सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै उनले आधुनिक जीवनशैली र बदलिँदो पारिवारिक संरचनाका कारण वृद्ध आमाबुबाको हेरचाहमा चुनौती थपिँदै गएको उल्लेख गरे। यस्ता अवस्थामा वृद्धाश्रमको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ थियो ।
पूर्वमुख्यमन्त्री राउतले आफू मुख्यमन्त्री रहँदा बीरगन्ज, जनकपुर र राजविराजमा वृद्धाश्रम स्थापना गर्ने योजना अघि बढाइएको स्मरण गर्दै विभिन्न कारणले ती योजना पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। उनले आगामी दिनमा वृद्धाश्रमको विकास तथा व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसियाले आश्रमको भौतिक पूर्वाधार निर्माण तथा आवश्यक व्यवस्थापनका लागि पहल गर्ने बताए । वडा कार्यालयबाट निरन्तर सहयोग रहने उनको प्रतिबद्धता थियो ।
त्यसैगरी, वृद्धाश्रमका अध्यक्ष नन्दलाल राउत अहिरले आश्रम सञ्चालनका लागि आर्थिक तथा भौतिक सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी निकायसहित सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
उद्घाटन कार्यक्रममा बीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जन, विश्रामपुर गाउँपालिका–२ का अध्यक्ष मनोज यादव, स्थानीय समाजसेवी, सञ्चारकर्मी तथा आश्रममा आश्रित वृद्धवृद्धाको उपस्थिति रहेको थियो ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)