अत्यधिक गर्मी बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन समय घटाएको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै असार ४ र ५ गते सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहान ६ बजेदेखि ९:३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।
हाल तराई–मधेशका जिल्लाहरूमा अत्यधिक तापक्रम बढिरहेको र त्यसबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सावधानीस्वरूप विद्यालयको समयावधि छोट्याइएको महानगरपालिकाले जनाएको छ ।