काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरू निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन अभियानका लागि देश दौडाहामा निस्किएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, पीएस गुरुङ तथा महासचिव शंकर पोखरेलसहितका नेताहरू जेठ ३० गतेदेखि निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रमका लागि देश दौडाहामा निस्किएका हुन् ।
उनीहरू कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम हुँदै गण्डकी प्रदेशसम्म पुगेर पार्टीको अवस्था, निर्वाचनको समीक्षा तथा संगठन सुदृढीकरणबारे छलफल गरिरहेका छन् । तर अध्यक्ष ओली भने समीक्षा कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी भएका छैनन् ।
अन्य नेताहरू जिल्ला तथा प्रदेशस्तरका कार्यक्रममा व्यस्त रहेका बेला अध्यक्ष ओली शुक्रबार पार्टी कार्यालय च्यासल पुगेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष ओली कुनै विशेष कार्यक्रमका लागि नभई सामान्य भेटघाट तथा आन्तरिक छलफलका लागि कार्यालय पुगेका हुन् ।
“त्यस्तो कुनै विशेष कार्यक्रम छैन, सामान्य भेटघाटका लागि अध्यक्ष आज पार्टी कार्यालय आउनुभएको हो,” डा. अधिकारीले बताए ।
गत फागुनमा सम्पन्न निर्वाचनपछि अध्यक्ष ओली विरलै मात्र पार्टी कार्यालय पुगेका थिए । यद्यपि अब अध्यक्ष ओलीलाई नियमित रूपमा पार्टी कार्यालयमा उपस्थित गराउने विषयमा छलफल भइरहेको उनको सचिवालयले जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)