वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज सिटी डटकमका सम्पादक र प्रकाशकमाथि गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् ।
सोमबार पर्सा जिल्ला अदालतमा सिंहले वीरगंज सिटी डटकमका सम्पादक प्रताप श्रेष्ठ र प्रकाशक जियालाल साह विरुद्ध मुद्दा दर्ता गरेका हुन् । वीरगंज सिटी डटकमले पछिल्लो समय वीरगंज महानगरपालिकामा विकासको नाममा भएको भ्रष्टाचार र रकम दुरुपयोगबारे निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।
मेयर सिंहले अर्काकी छोरीलाई अवैध रूपमा नागरिकता दिलाएको, सरकारी कागजात किर्ते गरेको, शङ्कराचार्य द्वारमा झण्डा राख्ने क्रममा अनियमितता गरेको, साथै छोराले काम गर्ने बैङ्कमा अनावश्यक रूपमा खाता खोल्न दबाब दिएको लगायतको समाचार गर्दै आएको छ ।
सोहि विषयमा मेयर सिंहले वीगंज सिटी आफूविरुद्धको समाचारले गाली बेइज्जती गरेको भन्दै कानुनी कारबाहीको लागि अदालतमा मुद्दा दर्ता गराएका हुन् ।