नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ ।
लगातार दुई दिन वृद्धि भएको सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ७ सय रुपैयाँ पुगेको थियो ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १ सय ४० रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावस्वरूप नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन भइरहेको व्यवसायीहरूको भनाइ छ ।