पर्साको सिर्सिया नदीमा हाम फालेर एक बालिका बेपत्ता भएकी छन् ।
अन्दाजी १६/१७ वर्षको राधिका कुमारी दास रानीघाट नजिकै रहेको पुलबाट हामफालेकी थिइन् ।बाराको प्रसौनी गाँउपालिका वडा नम्बर २ खुटवा प्रसौनीका विनोद दासकी छोरी राधिका दास रहेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आज बिहान करिब ९ बजे बालिकाले सिर्सिया नदीमा हाम फालेकी थिइन् । घटनाको जानकारी प्राप्त भएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको खोजी कार्य जारी राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।