बारा र पर्साबाट तीनजना सांसद निर्वाचित भएका छन् ।
चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनबाट उम्मेदवारी दिएका ४ जना सांसद मध्ये २ जना सांसद निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा बारा क्षेत्र नं ४ का सांसद रहबर अन्सारी र बारा क्षेत्र नं ३ का सांसद अरविन्द साह निर्वाचित भएका हुन् । अन्सारी मुस्लिम समूह र साह मधेसी समूहबाट बिजयी भएका हुन् । अन्सारीले प्रवासको २२ सहित एक हजार ४७ मत प्राप्त गरेका थिए भने ईन्जिनियर साहले ९ सय ७० मत पाए । साहले प्रवासबाट ६ मत मात्रै पाएका थिए ।
दुई सांसद केन्द्रीय सदस्यमा निर्वाचित हुँदै गर्दा अर्का दुई सांसद भने पराजित भएका छन् । बारा क्षेत्र नं। २ का सांसद चन्दन सिंह र बारा क्षेत्र नं। १ का सांसद गणेश धिमाल भने पराजित भएका छन् ।
यसैगरी पर्साबाट समानुपातिकबाट सांसद रहेकी सुनिता चौधरी निर्वाचित भएकी छन् ।