राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्न सरकारलाई आग्रह गरेका छन् ।
संघीय संसदमा बोल्दै सांसद साहले व्यवसायमैत्री कर प्रणाली लागू गर्दै अनौपचारिक रूपमा सञ्चालन भइरहेका व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताएका हुन् । उनले कर छलिरहेका व्यक्तिलाई करको दर बढ्ने वा घट्ने विषयले खासै प्रभाव नपार्ने उल्लेख गर्दै करको दायराबाहिर रहेका व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनु नै प्रभावकारी उपाय हुने बताएका छन् ।
सांसद साहले करको दायरा विस्तार गरी व्यवसाय मैत्री करको दर कायम गर्न सरकारसँग आग्रह गर्दै यसबाट राजस्व वृद्धि हुनुका साथै कर प्रणाली पनि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।