नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले तेस्रोपटक ६ दिनको म्याद थप गरेको छ ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धान जारी राख्न ६ दिनको म्याद थप गर्ने आदेश दिएको हो ।
पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलविरुद्ध यसअघि पहिलोपटक ३ दिन र दोस्रोपटक ७ दिनको म्याद थप गरिएको थियो ।
उनीलाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । हाल उनी अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका छन् ।