पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याइएका ६६ लाख २४ हजार ३४१ रुपैयाँ बराबरका बदाम लोड भएको ट्रक नियन्त्रणमा लिएको छ। पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित परवानीपुर चोकबाट ना ३ ख ७५७८ नम्बरको मालबाहक ट्रकमा बदाम लोड गरेर ल्याइँदै गर्दा उक्त ट्रकलाई नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाको आधारमा बिहान २ः३५ बजे प्रहरीको टोलीले चेकजाँचका क्रममा ट्रकभित्र गैरकानूनीरुपमा ल्याइएका बदाम फेला पारेको थियो। उक्त बादाम आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बारामा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी दिपक भारतीले यस किसिमको भन्सार छली कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।