किर्ते नागरिकता प्रकरणमा निलम्बनमा परेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफूलाई पुनः मेयर पदमा काम गर्न दिनुपर्ने मागसहित दायर गरेको उत्प्रेषणको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि अाज पेशीमा परेको छ ।
उक्त रिट सर्वोच्च अदालतको ९ नम्बर इजलासमा पहिलो नम्बरमा परेको हो । न्यायाधीश बालकृष्ण ढकाल र महेश शर्माको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ हुने तय भएको छ ।
मेयर सिंहविरुद्ध किर्ते नागरिकता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए । उक्त मुद्दामा गृहमन्त्रालयको छानबिन समितिले समेत बदमासी गरेको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियोे ।
सिंहले आफूलाई मेयरको हैसियतमा काम गर्न दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका हुन् ।