प्रधानमन्त्री बालेन शाहले समसामयिक विषयवस्तु तथा सरकारका नियमित कामकारबाहीबारे छलफल गर्न मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।
बैठकमा विभिन्न मन्त्रालयका दैनिक कार्यसम्पादन, प्रशासनिक सुधार, पछिल्लो अवस्थाको समीक्षा तथा आवश्यक निर्णयबारे छलफल हुने जनाइएको छ ।
सरकारका नियमित कामलाई प्रभावकारी बनाउने, मन्त्रालयगत प्रगतिको समीक्षा गर्ने तथा समसामयिक विषयमा आवश्यक निर्णय लिने उद्देश्यले बैठक बोलाइएको हो ।