काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेले सोमबार पार्टीको वनस्थलीस्थित मुख्य कार्यालयमा ‘क्यान्डिडेट क्लब’को उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सभापति लामिछानेले रास्वपाको मोबाइल एपमार्फत गाउँपालिका तहका लागि उम्मेदवारको आवेदन खुला गरिएको जानकारी दिए । स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको उनले बताए ।
रास्वपाले स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)