सरकारले डिजेल र पेट्रोलको मूल्य बढाएको छ ।
आज रातिबाट लागू हुनेगरी निगमले डिजेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको आयल निगमले जनाएको छ ।
निगमकाअनुसार अब वीरगञ्ज, विराटनगर, जनकपुर, भलबारी, नेपालगञ्ज / धनगढीका लागि पेट्रोलको मूल्य १६० रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै काठमाडौँमा डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ र पेट्रोलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । यो मूल्य पोखरा र दिपायलमा पनि लागू हुनेछ । यस्तै, दोस्रो वर्ष अन्तर्रगतको सुर्खेत र दाङका लागि पेट्रोलको मूल्य १६२ रुपैयाँ र डिजेलको मूल्य १५२ रुपैयाँ तोकिएको छ ।
निगमले हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा २ रुपैयाँले घटाएको छ भने बाह्यका लागि काठमाडौँमा प्रतिकिलोलिटर १५ डलरले घटाइएको निगमले जनाएको छ । यस्तै, पोखरा र भैरहवाका लागि कुनै नाफा नराखी हवाई इन्धनको मूल्य तोकिएको निगमले जनाएको छ ।
सम्बन्धीत समाचार
विद्युतीय सवारीसाधनको बढ्दो आकर्षणका बीच भारतसँग १५ अर्बको पेट्रोलियम पाइपलाइन बनाउन सम्झौता, नेपालको ऊर्जा भविष्यको चुनौती