धनुषामा नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभनसहित एकजना पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलबाट १६ ट्याब्लेट स्पास्मो प्रोक्सिभनसहित सोही ठाउँका ३८ वर्षीय संजय मुखिया सोमबार बिहान पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मुखियालाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका मुखियामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।