नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान ११ बजे बैठक बस्ने गरी बोलाइएको हो। बैठकमा पछिल्लो समय देखिएका विपद्का घटनाक्रम तथा विपद् व्यवस्थापनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने जनाइएको छ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा विपद् व्यवस्थापनसँगै आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ।
बैठकले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा उद्धारमा प्रभावकारी सहयोग पुर्याउन पार्टीका तर्फबाट चाल्नुपर्ने कदमबारे आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा संसदीय दलले अघि बढाउने कार्यक्रम र पार्टीको भूमिकाबारे पनि छलफल हुने बताइएको छ।