काठमाडौं । नेपाली पुरुष र महिला टोली दुवैले खो खो विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएका छन् ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आज हुने फाइनल खेलमा पुरुष र महिला दुवै टोली उपाधिका लागि भारतसँग भिड्नेछन् । नेपाली पुरुष टोलीले सेमिफाइनल खेलमा इरानलाई ७२-२० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
महिला टोलीले यसअघि सेमिफाइनलमा युगान्डालाई ८९-१८ को स्कोरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
फाइनल खेलको तालिका यस प्रकार छः
- महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ।
- पुरुषतर्फको फाइनल राति ८:१५ बजे सुरु हुनेछ।
दुवै खेल भारतको इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।