एजेन्सी/ हरेक मौसमका आफ्नै विशेष तरकारी हुन्छन् ।
वर्षायाममा पनि स्वास्थ्यका लागि निकै उपयोगी मानिने विभिन्न तरकारी पाइन्छन् ।
यस्तै विशेष र गुणकारी तरकारीमध्ये एक हो चट्टेल ९चटेला० । वर्षायाममा फल्ने यो काँडेदार तरकारी हेर्दा सानो देखिए पनि यसका फाइदा भने निकै धेरै छन् ।
तपाईं वा तपाईंको परिवारमा कोही मधुमेहका बिरामी हुनुहुन्छ भने यो जानकारी उपयोगी हुन सक्छ ।
मधुमेहका बिरामीका लागि किन विशेष छ चट्टेल ?
आजभोलि मधुमेह समस्या निकै सामान्य भइसकेको छ । यसलाई नियन्त्रणमा राख्नु चुनौतीपूर्ण हुन सक्छ । यस्तो अवस्थामा चट्टेल ब्लड सुगरको स्तर नियन्त्रणमा राख्न सहयोगी हुन सक्छ । यसमा मधुमेहविरुद्ध गुण पाइने बताइन्छ ।
यसमा रहेका प्राकृतिक तत्त्वले शरीरमा इन्सुलिन उत्पादनको प्रक्रियालाई राम्रो बनाउन सहयोग गर्ने र रगतमा सुगरको स्तर अचानक बढ्न नदिने बताइएको छ । चट्टेलमा फाइटोन्युट्रिएन्ट्स र पोलिपेप्टाइड–पी जस्ता तत्त्व पाइन्छन्, जसलाई प्राकृतिक इन्सुलिनका रूपमा पनि उल्लेख गरिन्छ। यसको स्वाद पनि हल्का र स्वादिलो हुन्छ ।
तौल घटाउन र पेटका लागि पनि फाइदाजनक
चट्टेल मधुमेहका लागि मात्र नभई समग्र स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ । वर्षायाममा मानिसलाई अपच वा ग्यासजस्ता पेटसम्बन्धी समस्या हुने गर्छ । चट्टेलमा पर्याप्त फाइबर पाइने भएकाले यसले पाचन प्रणालीलाई बलियो बनाउन र पेट सफा राख्न सहयोग गर्छ ।
यसबाहेक, वर्षायाममा आफ्नो तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने पनि यो तरकारी उपयोगी हुन सक्छ । यसमा क्यालोरी निकै कम हुन्छ र बोसो हुँदैन । यसले लामो समयसम्म पेट भरिएको महसुस गराउन सक्छ र पटक–पटक खाने इच्छा कम गर्न सहयोग गर्न सक्छ ।
कसरी खाने ?
चट्टेललाई तरकारीको रूपमा खान सकिन्छ । यसको तरकारी बनाउन निकै सजिलो पनि छ । यसलाई आलुसँग वा प्याज र हल्का मसला प्रयोग गरेर थोरै तेलमा भुटेर सुक्खा तरकारीका रूपमा खान सकिन्छ । यसलाई पकाउँदा धेरै मसला पनि प्रयोग हाल्नु पर्दैन ।