मेडिकल शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा समयतालिका सार्वजनिक गरिएको छ। निर्धारित तालिकाअनुसार कार्तिक १४ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रमका प्रवेश परीक्षा सञ्चालन हुनेछन् ।
समयतालिकाअनुसार कार्तिक १४ गते एमबीबीएस (MBBS) र १५ गते बीडीएस (BDS) को प्रवेश परीक्षा हुनेछ ।
त्यस्तै, कार्तिक १६ गते बीएस्सी नर्सिङ, बीएएसएलपी (BASLP) र बी. परफ्युजन टेक्नोलोजीका प्रवेश परीक्षा सञ्चालन हुनेछन् ।
यसैगरी, कार्तिक १७ गते बीएएमएस (BAMS), बीएनएस (BNS), बीएस्सी एमएलटी (BSc. MLT), बीएस्सी एमआईटी (BSc. MIT), बी.फार्मेसी, अप्टोमेट्री र बीपीटी (BPT) कार्यक्रमका प्रवेश परीक्षा हुनेछन् ।
त्यस्तै, कार्तिक १८ गते बीपीएच (BPH) कार्यक्रमको प्रवेश परीक्षा सञ्चालन गरिनेछ ।
निर्धारित समयतालिकाअनुसार सबै परीक्षाहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन्। परीक्षार्थीहरूले सम्बन्धित कार्यक्रमको परीक्षा मिति र समयअनुसार आवश्यक तयारी गर्नुपर्नेछ ।