शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #पर्सा प्रहरी
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #सीआईबी
यहाँ खोज्नुहोस्
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • राजेशमान सिंह विरूद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा के छ ? (विस्तृत)
राजेशमान सिंह विरूद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा के छ ? (विस्तृत) किर्ते जन्मदर्ता, नागरिकता र राहदानी प्रकरण : वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचारदेखि नागरिकता किर्तेसम्मका मुद्दा
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, जेठ २६, २०८३
A1 Beakery Add A1 Beakery Add

किर्ते कागजातका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार मेयर सिंह, वडा तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका पदाधिकारी र अन्य एक व्यक्तिलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार मेयर सिंहले अर्काकी छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गर्दै झुट्टा विवरणका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाउन सरकारी कर्मचारीहरूसँग मिलेमतो गरेका थिए। आयोगले उक्त कार्यमा वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव भिखारी राय, कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी षडकुमार पोखरेलको समेत संलग्नता रहेको जनाएको छ ।

आरोपपत्रअनुसार मेयर सिंहले रुविना श्रेष्ठलाई आफ्नी छोरी भएको दाबी गर्दै सूचकको रूपमा फाराम भरेर वीरगञ्ज महानगरपालिका–३ मा जन्मदर्ताका लागि निवेदन दिएका थिए। सोही आधारमा २०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र जारी गरिएको थियो । पछि उक्त प्रमाणपत्रकै आधारमा नागरिकताको सिफारिस भई २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट रुविना श्रेष्ठका नाममा नेपाली नागरिकता जारी गरिएको अख्तियारको दाबी छ ।

आयोगले जन्मदर्ता प्रमाणपत्र जारी गर्ने क्रममा जानी–जानी गलत लिखत तयार गरिएको, सरकारी अभिलेखमा गैरकानुनी हेरफेर गरिएको, अभिलेख लुकाइएको तथा नष्ट गर्ने कार्यसमेत भएको आरोप लगाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसैबीच, गैरकानुनी रूपमा नागरिकता जारी गरिएको विषयमा सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको भूमिकामाथि पनि अख्तियारले प्रश्न उठाएको छ । तत्कालीन उपसचिव पुष्कर राना संयोजक तथा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको समितिले वास्तविक तथ्य लुकाएर गलत प्रतिवेदन तयार पारेको आरोप आयोगको छ ।

समितिले सम्बन्धित कागजात नष्ट भइसकेको उल्लेख गर्दै थप अनुसन्धान वा कारबाही आवश्यक नरहेको निष्कर्ष निकालेको थियो। अख्तियारले उक्त प्रतिवेदनलाई कसुर ढाकछोप गर्ने उद्देश्यले तयार पारिएको दाबी गरेको छ ।

जिल्ला अदालतमा पनि चार मुद्दा

यता, जिल्ला सरकारी वकिल कार्यालय पर्साले समेत मेयर सिंहविरुद्ध २०८२ जेठ १ गते जिल्ला अदालत पर्सामा चारवटा फौजदारी मुद्दा दायर गरेको थियो। अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा झुट्टा विवरण पेस गरी नागरिकता प्राप्त गरेको तथा लिखत सम्बन्धी कसुरका दुई/दुईवटा मुद्दा दायर गरेकाे हाे ।

उक्त मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह केही समय सम्पर्कविहीन बनेका थिए । पछि पर्साको ठोरी क्षेत्रबाट पक्राउ परेका उनलाई अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

उजुरीदेखि अदालतसम्मको यात्रा

यो प्रकरणको सुरुवात सिधाकुरा डटकम मिडियामा वीरगंजका पत्रकार जियालाल साहले खुलासा गरेपछि सुरू भएको हाे । प्रमाण सहितको उक्त समाचारपछि वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । उनले मेयर सिंहले रिता भट्टराईकी छोरीलाई आफ्नी छोरी देखाएर किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोप लगाएका थिए ।

प्रहरीले प्रारम्भिक रूपमा उजुरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमार्फत उजुरी दर्ता गराइएको थियो । त्यसपछि अनुसन्धान प्रक्रिया सुरु भए पनि तत्कालीन प्रहरी उपरीक्षक कोमल शाहदेखि कुमोद ढुंगेल, गौतम मिश्र र हालका एसपी सुदीप राज पाठकको कार्यकालसम्म पनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको थिएन ।

अनुसन्धानमा ढिलाइ भएको भन्दै उजुरीकर्ताले उच्च अदालत जनकपुरधाम, वीरगञ्ज इजलासमा रिट दायर गरेका थिए। अदालतले अनुसन्धान तत्काल अघि बढाउन आदेश दिएपछि प्रहरीले विस्तृत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

उल्टै पत्रकारमाथि पनि मुद्दा

नागरिकता किर्ते प्रकरण २०८० पुसमा पत्रकार जियालाल साहले ‘सिधाकुरा’ मार्फत सार्वजनिक गरेका थिए । समाचार सार्वजनिक भएपछि विषयले राष्ट्रिय चर्चा पाएको थियो। तर, त्यसपछि मेयर सिंहले पत्रकार साहविरुद्ध लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेका छन्। पत्रकार साह विगत डेढ वर्षदेखि विभिन्न कानुनी मुद्दाहरूको सामना गर्दै आएका छन् ।

यस प्रकरणसँग सम्बन्धित भ्रष्टाचार, नागरिकता किर्ते तथा लिखत सम्बन्धी कसुरका मुद्दाहरू अहिले विशेष अदालत र जिल्ला अदालतमा विचाराधीन छन् । जिल्ला अदालतकाे मुद्दामा ४ लाख १५ हजार रूपैयाँ धराैटि बुझाएर उनी रिहा भएका छन् । भने अदालतबाट हुने अन्तिम फैसलाले यस बहुचर्चित प्रकरणको कानुनी निष्कर्ष तय गर्नेछ ।

सम्बन्धित समाचार 

  • नागरिकता किर्ते प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित, गृह मन्त्रालयकाे छानविन समितिका संयाेजक उपसचिव पुस्कर राना सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • पर्सा अदालतको आदेशपछि मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा
  • वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह ठाेरीबाट पक्राउ
  • किर्ते नागरिकतामा १० दिन देखि वीरगंजका मेयर फारार, स्वकीय सचिव अदालत परिसरबाट प्रहरी नियन्त्रणमा
  • जिल्ला अदालतबाट फरार वीरगंजका मेयर राजेशमान सिंह विहारकाे सिवानमा याेगीकाे भेषमा !
  • राजेशमान सिंहलाई पक्राउ गर्न खोजी तीव्र, सम्भावित क्षेत्रमा प्रहरीको विशेष निगरानी
  • नागरिकता किर्ते मुद्दामा मेयरलाई अनुपस्थित जनाई मुद्दा दायर, ७ वर्ष कैद सजायमा पक्राउ पुर्जि समेत जारी नभएकाे खुलाशा (भिडियाे सहित)
  • वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते सहित सरकारी वकिल कार्यालयले गरे पर्सा जिल्ला अदालतमा ४ वटा मुद्दा दायर (भिडियाे सहित)
  • राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता मुद्दामा उच्च अदालतद्वारा परमादेश जारी (भिडियाे सहित)
  • EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
  • किर्ते नागरिकता गरेका मेयरलाई कार्वाही गर्न गृहमन्त्रीसँग माग भइरहदा, मेयर भन्छन् धन्यवाद केपी बा !
  • किर्ते नागरिकता प्रकरण : मेयर राजेशमान सिंहको ‘दोश्रो श्रीमती’ भनिएकी रिता भट्टराईको सम्बन्ध विच्छेद फाइल झिकाउन उच्चको आदेश
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : अनुसन्धान हुदैछ भन्ने प्रहरीकाे दाबीमा अनुसन्धानकाे सम्पूर्ण फाईल झिकाउन उच्चकाे आदेश
  • मेयर राजेशमान सिंहकाे नागरिकता किर्ते सम्बन्धि पेशी आज
  • मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
  • नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
  • वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
  • वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
  • वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
  • संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०७:१९
#राजेशमान सिंह
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) बुधबार, कात्तिक ११, २०८३
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति वीरगंज सिटी
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप वीरगंज सिटी
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित)
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP