शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #प्रहरी पक्राउ
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • समाचार लेखेर वीरगंजका मेयर राजेशमान सिंहलाई निलम्बनमा पारेका पत्रकार जियालाल साह माथि लगाएको चारवटै मुद्दामा दाबि नपुग्ने जिल्ला अदालतको फैसला
समाचार लेखेर वीरगंजका मेयर राजेशमान सिंहलाई निलम्बनमा पारेका पत्रकार जियालाल साह माथि लगाएको चारवटै मुद्दामा दाबि नपुग्ने जिल्ला अदालतको फैसला
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार २२, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले आफूविरुद्ध नागरिकता किर्तेसम्बन्धी समाचार प्रकाशन गरेका पत्रकार जियालाल साहविरुद्ध दायर गरेका चारवटै मुद्दामा पर्सा जिल्ला अदालतले अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले पत्रकार साहविरुद्ध दायर गरिएका लिखित बेइज्जती, विद्युतीय कारोबारसम्बन्धी कसुर, वैयक्तिक प्रतिष्ठा तथा बेइज्जतीसम्बन्धी कसुर र अदालतको अवहेलनासम्बन्धी कसुरका सबै मुद्दामा अभियोजन पक्षको दाबी प्रमाणित हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको हो ।

पत्रकार जियालाल साहले २०८० पुस २४ गते सिधाकुरा डटकम मार्फत वीरगञ्ज महानगरपालिकाका तत्कालीन नगरप्रमुख राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर किर्ते जन्मदर्ताको आधारमा नेपाली नागरिकता बनाइदिएको विषयमा खोजमूलक समाचार सार्वजनिक गरेका थिए ।

समाचार सार्वजनिक भएपछि उक्त प्रकरणले राष्ट्रिय चर्चा पाएको थियो । त्यसपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै अनुसन्धान अघि बढाएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

समाचार प्रकाशनपछि नगरप्रमुख सिंहले पत्रकार साहले वीरगंजबाट सञ्चालन गरेको वीरगंज सिटी डटकममा प्रकाशित झण्डा फेर्नमा अनियमितता मेयर सिंह सहित तीनजना विरुद्ध अख्तियारमा उजुरी, मेयरलाई कमिशन नदिएकाले एकवर्षदेखि भेडहा खोला तटबन्ध अलपत्र, डुबान क्षेत्रको स्थलगत अवलोकन जनता झुक्याउने अस्त्र, छोरो काम गर्ने बैंकमा ६ दिन भित्र खाता खोल्न उर्दि जारी लगायत स्वास्थ्य मन्त्रालयले पठाएको समाग्री चार महिनादेखि थन्कियो, सर्वसधारण महँगो शुल्क तिर्न बाध्य लगायतको समाचार विरुद्ध क्रमशः चारवटा मुद्दा दायर गरेका थिए । २०८१ असोज ६ गते लिखित बेइज्जती गरी मानप्रतिष्ठामा हानि पुर्‍याएको आरोपमा पहिलो मुद्दा दायर गरिएको थियो । त्यसपछि २०८१ मंसिर ११ गते विद्युतीय कारोबार ऐनअन्तर्गत कसुरको मुद्दा दर्ता गरियो ।

त्यसैगरी नगरप्रमुखका छोरा अनिशमान श्रेष्ठमार्फत वैयक्तिक प्रतिष्ठा तथा बेइज्जतीसम्बन्धी अर्को मुद्दा दायर गरिएको थियो । पत्रकार साहले प्रकाशित समाचार सामाजिक सञ्जालमा साझेदारी गरेको विषयलाई आधार बनाउँदै २०८१ चैत २२ गते अदालतको अवहेलनासम्बन्धी कसुरको अर्को मुद्दा पनि दर्ता गरिएको थियो ।

यी सबै मुद्दामा अदालतले अन्ततः अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै पत्रकार साहलाई पूर्ण रूपमा सफाइ दिएको हो ।

पत्रकार जियालाल साहको पक्षबाट अधिवक्ताहरू अजय श्रीवास्तव, चन्द्रिका पटेल, अभिनव गुप्ता तथा नेपाल पत्रकार महासंघको समन्वयमा नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । वादी पक्षबाट अधिवक्ता कमलमोहन कुर्मी तथा सरकारी वकिल कार्यालयले बहस गरेका थिए ।

नागरिकता किर्ते प्रकरणमा अख्तियारको भ्रष्टाचार मुद्दा

यता पत्रकार साहले सार्वजनिक गरेको समाचारकै आधारमा अनुसन्धान अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।

अख्तियारका अनुसार भट्टराई थर भएकी एक महिलाकी छोरीलाई राजेशमान सिंहले आफ्नै छोरी रविना श्रेष्ठ का रूपमा देखाएर नेपाली नागरिकता दिलाउन योजनाबद्ध रूपमा सरकारी कागजात तयार पारिएको थियो ।

अनुसन्धानबाट झुट्टा विवरणका आधारमा जन्मदर्ता प्रमाणपत्र बनाइएको, वडा कार्यालयबाट सिफारिस गरिएको तथा जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी गरिएको तथ्य खुलेको आयोगको दाबी छ ।

यस प्रकरणमा वीरगञ्ज महानगरपालिका वडा नम्बर–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफेल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासनिक अधिकृत षड्कुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना तथा शाखा अधिकृत पुरुषोत्तम पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।

प्रमाण नष्ट, अभिलेख हेरफेर

अख्तियारको अनुसन्धानले नागरिकता जारी गर्ने प्रक्रियामा मात्रै होइन, त्यसपछि प्रमाण नष्ट गर्ने, सरकारी अभिलेख हेरफेर गर्ने, केरमेट गर्ने तथा तथ्य लुकाउने प्रयाससमेत भएको उल्लेख गरेको छ ।

आयोगले नगरप्रमुख सिंहमाथि नागरिकतासम्बन्धी महत्वपूर्ण सरकारी कागजात नष्ट गरेको आरोपसमेत लगाएको छ ।

त्यसैगरी गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक पुष्कर राना र सदस्य पुरुषोत्तम पोखरेलले वास्तविक तथ्यलाई कमजोर बनाउने गरी प्रतिवेदन तयार पारेको आरोप पनि अख्तियारले लगाएको छ। आयोगका अनुसार उनीहरूले कागजात नष्ट भएको तथ्य स्वीकार गरे पनि त्यसको कानुनी गम्भीरतालाई बेवास्ता गर्दै भ्रामक निष्कर्षसहित प्रतिवेदन दिएका थिए।

खोज पत्रकारिताबाट बाहिरिएको प्रकरण

यो प्रकरण पहिलो पटक पत्रकार जियालाल साहले खोज पत्रकारितामार्फत सार्वजनिक गरेका थिए । त्यसपछि नागरिकताजस्तो संवेदनशील विषयमा स्थानीय तहदेखि गृह मन्त्रालयसम्मका अधिकारीहरूको भूमिकामाथि प्रश्न उठेको थियो ।

लामो अनुसन्धानपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न कसुरमा कैद तथा जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ । 

यसैबीच, पत्रकार साहविरुद्ध दायर गरिएका चारवटै मुद्दामा अदालतबाट सफाइ पाएपछि खोज पत्रकारितामार्फत सार्वजनिक सरोकारका विषय उजागर गर्ने पत्रकारको संवैधानिक तथा कानुनी अधिकारलाई अदालतले संरक्षण गरेको देखिन्छ ।

पत्रकार साहले सार्वजनिक गरेको समाचारका आधारमा सुरु भएको अनुसन्धान अन्ततः अख्तियारको भ्रष्टाचार मुद्दासम्म पुगेको र सोही प्रकरणमा राजेशमान सिंह निलम्बनमा परिसकेका छन् ।
 

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १८:२९
#नेपाल #वीरगंज #वीरगंज महानगरपालिका #राजेशमान सिंह #अख्तियार दुरुपयोग अनुसन्धान आयोग #विशेष अदालत #भ्रष्टाचार मुद्दा #नेपाल पत्रकार महासंघ #पत्रकारिता #पर्सा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए आइतबार, असोज १८, २०८३
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए आइतबार, असोज १८, २०८३
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र आइतबार, असोज १८, २०८३
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद आइतबार, असोज १८, २०८३
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ आइतबार, असोज १८, २०८३
टेस्ला गाडीको भन्सार मूल्यांकनमा विवाद, वीरगंज भन्सारले थप राजस्व मागेपछि आयातकर्ता असन्तुष्ट
टेस्ला गाडीको भन्सार मूल्यांकनमा विवाद, वीरगंज भन्सारले थप राजस्व मागेपछि आयातकर्ता असन्तुष्ट शनिबार, असोज १७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP