र्सा प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित आफ्नै घरबाट ७० वर्षीय दुखी महतो पक्राउ परेका हुन्। उनको घरबाट १८ किलो ४०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर क्षेत्रबाट एक भारतीय नागरिकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिबाट बरामद ब्राउन सुगरको परिमाण भने प्रहरीले सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।