पर्साको जगरनाथपुर गाउँपालिकामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता, जिल्ला तथा क्षेत्रीय पदाधिकारी र विभिन्न गाउँपालिकाका सभापतिहरूको सहभागिता रहेको थियो ।
जगरनाथपुर गाउँपालिका सभापति परशुराम साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय रामकान्त चौरसियाको उपस्थिति रहेको थियो । त्यसैगरी, विशिष्ट अतिथिका रूपमा सुशीलकुमार कानु, टेकबहादुर साक्य र सुनिता चौधरी सहभागी हुनुभएको थियो ।
कार्यक्रममा जिल्ला उपसभापति दिलीपकुमार कुर्मी, जिल्ला सदस्य प्रियंका पटेल, क्षेत्र नम्बर ३ का सभापति प्रदीप जैसवाल, क्षेत्र नम्बर २ का सभापति फैयाज मिया तथा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्राको उपस्थिति रहेको थियो ।
त्यसैगरी, ठोरी गाउँपालिका सभापति माधव बस्नेत, जिराभवानी गाउँपालिका सभापति रामकान्त चौधरी, धोबिनी गाउँपालिका सभापति सुदिल पटेल, छिपहरमाई गाउँपालिका सभापति उमेश यादव, बिन्दवासिनी गाउँपालिका सभापति विनोद चौरसिया र सखुवाप्रसौनी गाउँपालिका सभापति शम्भु यादव पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा मधेस प्रदेश शिक्षा उपप्रमुख सोनालाल पटेलको समेत उपस्थिति रहेको थियो । निर्वाचित वडा नम्बर ६ का वडा अध्यक्ष रामअयोध्या पटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन दिनेश पटेलले गर्नुभएको थियो ।
दीपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी नेताहरूले आपसी सद्भाव, एकता र भाइचारालाई बलियो बनाउँदै पर्वहरू मनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सम्बन्ध सुदृढ गर्न र चाडपर्वको खुसी साटासाट गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।