सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले आफ्ना कमी–कमजोरी, त्रुटि वा निर्णयका कारण कसैको मन दुखेको भए क्षमायाचना गरेका छन् ।
अध्यक्ष यादवले फेस्बुक सन्देश जारी गर्दै आफूबाट भएका कमी–कमजोरी तथा त्रुटिका कारण कसैको मन दुखेको भए हृदयदेखि नै क्षमा चाहेको बताएका हुन् ।
उनले जनताको विश्वास, भावना र अपेक्षाप्रति आफू सधैँ सम्मानित र जवाफदेही रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गल्तीबाट सिक्दै, कमजोरी सुधार्दै र अझ जिम्मेवार भएर देश, समाज र जनताको हितमा निरन्तर समर्पित रहने” प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले आफना पालिकाका जनता सर्वोपरि रहेको उल्लेख गर्दै अन्त्यमा पुनः क्षमाप्रार्थी रहेको बताएका छन् ।