वीरगंजका धेरै उपभोक्ताहरू अहिले सामान्य किनमेलदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्नसमेत सीमापारि भारतको रक्सौल पुग्ने गरेका छन् ।
कपडा, किराना सामग्री, इलेक्ट्रोनिक्सदेखि घरायसी सामानसम्मका लागि रक्सौल बजारमा नेपाली ग्राहकको भीड देखिन्छ । तर वीरगंज शहरका बजार सुनसान देखिन्छ । उपभोक्ताहरू रक्सौल जान बाध्यै हुनुपर्ने कारणबारे आज हामीले विभिन्न व्यक्तिहरूकाे प्रतिक्रिया लिएका छाैँ ।
सुनाै वहाँहरूकाे गुनासाे ।