विश्वकर्मा पूजा नजिकिएसँगै मूर्तिकारहरू मूर्ति निर्माण, रङरोगन तथा सजावटको काममा व्यस्त भएका छन्।
ग्राहकको मागअनुसार विभिन्न आकारका विश्वकर्माका मूर्ति तयार गर्ने काम तीव्र रूपमा भइरहेको छ।
मूर्तिकारहरूका अनुसार यस वर्ष मूर्तिको माग राम्रो रहेको छ। तयार गरिएका अधिकांश मूर्ति अग्रिम अर्डर भइसकेका छन् ।
विश्वकर्मा पूजाका लागि मात्र नभई अन्य पर्वमा समेत माटाका मूर्तिको माग हुने गरेको उनीहरू बताउँछन्।