देशमा नयाँ सरकार गठन भएपछि सरकारी कार्यालयहरूबाट प्रदान गरिने सेवा प्रवाहमा कति सुधार आयो भन्ने विषयमा चासो बढेको छ। यसैक्रममा, वीरगञ्जस्थित भूमि प्रशासन कार्यालय (मालपोत कार्यालय) मा सेवाग्राहीले पाइरहेका सेवा–सुविधा र उनीहरूको सहजताको अवस्था बुझ्न स्थलगत रिपोर्टिङ गरिएको छ।