वीरगंजस्थित नापी कार्यालयबाट प्रदान हुँदै आएको सेवा सुविधाको अवस्था र सेवा प्रवाहमा आएको सुधारबारे सेवाग्राहीको मिश्रित प्रतिक्रिया देखिएको छ ।
सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सहज, छिटो र पारदर्शी हुनुपर्ने अपेक्षा भए पनि व्यवहारमा सेवाग्राहीले विभिन्न समस्या भोग्नुपरेको गुनासो गर्ने गरेका छन् । सेवा लिन लाग्ने समय, आवश्यक कागजात, कर्मचारीको व्यवहार तथा कार्यालयको समग्र सेवा प्रक्रियाबारे सेवाग्राहीले आफ्ना अनुभव सुनाएका छन्।
सरकारले पछिल्लो समय सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रयास गरिरहेको दाबी गर्दै आएको छ। तर, ती सुधारको प्रभाव सेवाग्राहीले व्यवहारमै कति महसुस गरेका छन् भन्ने विषयमा चासो बढेको छ।