राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ ।
एक महिलासँग कुराकानी गरेको भनिएको आपत्तिजनक अडियो सार्वजनिक भएपछि पार्टीको अनुशासन आयोगले उनीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।
रास्वपाका एक पदाधिकारीका अनुसार अडियो सार्वजनिक भएपछि अनुशासन आयोगले सांसद सुनारसँग सोधपुछ गर्ने, स्पष्टीकरण माग्ने तथा घटनाबारे आन्तरिक छानबिन गर्ने प्रक्रिया अघि बढाएको छ ।
अडियो प्रकरण सार्वजनिक भएसँगै सांसद सुनारको निर्धारित कार्यक्रमसमेत स्थगित भएको छ । ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत दाङमा खटिएका सुनारको आज घोराहीमा कार्यक्रम तय भएको थियो । तर, उक्त कार्यक्रम स्थगित गरिएको रास्वपाले जनाएको छ ।
भिडियाे रिपाेर्ट