उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ ।
पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको अभियान रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित गरेको थियो। स्थगित अभियानलाई पुनः निरन्तरता दिने निर्णय गरिएको पार्टीले जनाएको छ ।
पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिन पुनःसञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।
पार्टीले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा हस्ताक्षर अभियान तत्काल पुनःसुरु गर्न आह्वान गरेको छ ।
विद्युत् महसुलमा लाग्दै आएको ५ प्रतिशत भ्याट हटाउन जनसमर्थन जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।