शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असोज २९, २०८३
A1 Beakery Add A1 Beakery Add

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ ।

पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ मा लिडरसिप एकेडेमी, पार्टीसँगको निकटता, समावेशिता र प्रारम्भिक निर्वाचनका आधारमा उम्मेदवार छनोट गर्ने व्यवस्था गरिएको छ ।

रूपरेखाअनुसार उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी ४० प्रतिशत भार दिइएको छ । त्यस्तै, लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीलाई २५–२५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भार निर्धारण गरिएको छ ।

पार्टीको विधानको धारा ६३ को उपधारा (२) र धारा ८३ को उपधारा (१) अनुसार केन्द्रीय समितिले स्वीकृत गरेको रूपरेखाको उद्देश्य व्यक्तिगत तजबिज र बन्द कोठाको निर्णयलाई निरुत्साहित गर्दै विधि, पद्धति र प्रमाणमा आधारित पारदर्शी प्रणालीबाट योग्य, सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्नु रहेको रास्वपाले जनाएको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रशिक्षणमा अनुत्तीर्ण भए उम्मेदवार बन्न नपाइने

रूपरेखाअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले सुरुमा पार्टीको क्यान्डिडेट क्लबमा आवेदन दर्ता गराउनुपर्नेछ । क्लबमा दर्ता भएका सबै आकांक्षीले स्थानीय शासन, कानुन, सुशासन, डिजिटल साक्षरता, सार्वजनिक वित्त र पार्टीका नीतिसम्बन्धी अनिवार्य प्रशिक्षण लिनुपर्नेछ ।

लिडरसिप एकेडेमीको मूल्याङ्कनमा तोकिएको न्यूनतम मापदण्ड उत्तीर्ण गर्ने आकांक्षीले मात्रै छनोट प्रक्रियामा प्रवेश पाउनेछन् । अनुत्तीर्ण हुने आकांक्षी स्वतः प्रक्रियाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

पार्टीसँगको निकटता अर्थात् पोलिटिकल प्रोक्सिमिटीअन्तर्गत संगठनमा आबद्धता, विगतको भूमिका र अनुशासनलाई २५ अङ्क दिइनेछ । त्यस्तै, निर्वाचन जित्ने सम्भाव्यताको वैज्ञानिक मापन र जनसम्बन्ध, लोकप्रियता तथा सार्वजनिक आचरणलाई २०–२० अङ्क छुट्याइएको छ ।

उम्मेदवारको शैक्षिक तथा पेसागत योग्यता र भुइँतहको प्रमाणित अनुभवका लागि पनि २० अङ्क निर्धारण गरिएको छ । तटस्थ सामाजिक परीक्षण र स्थापित सदाचारका आधारमा थप १५ अङ्क दिइनेछ ।

समावेशितामा महिला, युवा र सीमान्तकृत समुदायलाई प्राथमिकता

रूपरेखामा समावेशिताका लागि १० प्रतिशत भार छुट्याइएको छ । यसअन्तर्गत खुला पदमा उम्मेदवारी दिने महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, युवा, वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग र दुर्गम क्षेत्रका प्रतिनिधिलाई समेटिएको छ ।

खुला पदमा उम्मेदवारी दिने महिलाले अधिकतम तीन अङ्क पाउनेछन् । सामाजिक पहिचान तथा जनसाङ्ख्यिकीय आधारमा अधिकतम चार, ४० वर्षमुनिका युवा तथा स्वदेश फर्केर उद्यम गरेका व्यक्तिका लागि अधिकतम चार, अपाङ्गता भएका तथा विपन्न व्यक्तिका लागि अधिकतम चार र भौगोलिक वञ्चितीकरणमा परेका क्षेत्रका प्रतिनिधिका लागि अधिकतम दुई अङ्कको व्यवस्था छ ।

समावेशिताका सूचकमा उल्लेखित अङ्कको अधिकतम सीमा जोड्दा १७ पुग्ने भए पनि समावेशिताको कुल भार भने १० प्रतिशत मात्रै छ ।

सांसद, मन्त्री, पालिका प्रमुख वा उपप्रमुख तथा संवैधानिक वा आरक्षण कोटाको अवसर पहिले नै उपभोग गरिसकेका व्यक्ति र उनीहरूका एकाघरका परिवारले समावेशिताबापतको अङ्क नपाउने व्यवस्था पनि रूपरेखामा छ ।

डिजिटल मतदान, २५ प्रतिशत सहभागिता अनिवार्य

उम्मेदवार छनोटको प्रारम्भिक निर्वाचनमा पार्टीका संगठित तथा सक्रिय सदस्यले आधिकारिक मोबाइल एप वा अन्य डिजिटल माध्यमबाट मतदान गर्नेछन् । पदअनुसार सक्रिय मतदाता मण्डल, मध्यवर्ती सांगठनिक मतदाता मण्डल र विशिष्ट मतदाता मण्डल गठन गरी मतभार निर्धारण गरिनेछ ।

आन्तरिक मतदातामध्ये कम्तीमा २५ प्रतिशतले मतदान नगरेमा प्रारम्भिक निर्वाचन अवैध हुने र त्यसको भाराङ्क शून्य मानिने व्यवस्था गरिएको छ ।

प्रारम्भिक निर्वाचनमा ‘नन अफ द अबभ’ (नोटा) अर्थात् कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्पसमेत राखिएको छ । नोटाले सबैभन्दा बढी मत पाएमा सम्बन्धित पदका सबै उम्मेदवारी खारेज गरी नयाँ उम्मेदवार छनोट र पुनः मतदान गरिने रूपरेखामा उल्लेख छ ।

दल परिवर्तन गरेकालाई बढी प्रतीक्षा अवधि

रूपरेखाअनुसार उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, मनोनयन दर्ताको अन्तिम मितिसम्म २१ वर्ष उमेर पूरा गरेको हुनुपर्ने, सम्बन्धित वडा वा पालिकाको मतदाता नामावलीमा नाम रहेको हुनुपर्ने र कानुनले अयोग्य नठह¥याएको हुनुपर्नेछ ।

रास्वपा पहिलो दल भएका व्यक्तिले पार्टी सदस्यता लिएको कम्तीमा ४५ दिनपछि मात्रै पालिका प्रमुख, उपप्रमुख वा वडाध्यक्षका लागि उम्मेदवार बन्न पाउनेछन् । वडा सदस्यका लागि भने कम्तीमा तीन दिनको अवधि तोकिएको छ ।

अन्य दलबाट रास्वपा प्रवेश गरेका व्यक्तिका हकमा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि कम्तीमा ९० दिन तथा वडा सदस्यका लागि कम्तीमा सात दिन पार्टी सदस्य भएको हुनुपर्नेछ ।

तर, समाजमा प्रतिष्ठित, विज्ञ वा विशेष क्षमता भएका स्वच्छ छविका व्यक्तिका लागि विशेष व्यवस्था गरिएको छ । उनीहरूले तोकिएको प्रतीक्षा अवधि पूरा नभए पनि पालिका, जिल्ला, प्रदेश र केन्द्रका सम्बन्धित समितिहरूको औपचारिक लिखित सहमतिमा क्यान्डिडेट क्लबमा आवेदन दिन सक्नेछन् । यसलाई रूपरेखामा ‘ल्याटरल इन्ट्री’ भनिएको छ ।

२१ सदस्यीय समिति, १५ प्रतिशतसम्म विशेषाधिकार

रूपरेखा कार्यान्वयन तथा समन्वय गर्न २१ सदस्यीय समिति गठन गरिनेछ । समितिमा पार्टी पदाधिकारीमध्येबाट एक जना संयोजक, केन्द्रीय सदस्य र सांसदहरूमध्येबाट १३ जना सदस्य तथा सातै प्रदेशका पार्टी सभापति पदेन सदस्य रहनेछन् ।

केन्द्रीय सदस्य र सांसदहरूमध्येबाट चयन हुने १३ सदस्यमा कम्तीमा ३३ प्रतिशत महिला र ३३ प्रतिशत युवा अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

असाधारण परिस्थिति वा विशेष अवस्थामा पार्टी सचिवालयले उम्मेदवार छनोटमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ । तर, यस्तो निर्णय केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ ।

आर्थिक लेनदेन र गुटबन्दीमा कारबाही

रास्वपाले उम्मेदवारी प्राप्त गर्न आर्थिक लेनदेन, प्रलोभन, धाँधली, गुटबन्दी, दुष्प्रचार र चरित्र हत्या गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरेको छ ।

यस्ता गतिविधिमा संलग्न भएको पाइएमा आवेदक वा मूल्याङ्कनकर्तामाथि छानबिन गरी साधारण सदस्यता खारेजीसम्मको अनुशासनात्मक कारबाही गर्न सकिने रूपरेखामा उल्लेख छ ।

रूपरेखाले स्थानीय तहका उम्मेदवार छनोटमा प्रशिक्षण, संगठनमा योगदान, निर्वाचन जित्ने सम्भावना, सामाजिक प्रतिनिधित्व र पार्टी सदस्यको मतलाई एकीकृत गर्ने व्यवस्था गरेको छ । यद्यपि, विशेषाधिकार प्रयोग गर्न सकिने प्रावधानले छनोट प्रक्रियामा पार्टी नेतृत्वको भूमिकालाई पनि कायम राखेको छ ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०७:०७
#राजनीतिक दल #रास्वपा #नेपाली राजनीति #निर्वाचन तयारी #राजनीतिक समाचार #उम्मेदवार छनोट #स्थानीय निर्वाचन #निर्वाचन २०८३ #स्थानीय तह निर्वाचन #ष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री बिहीबार, असोज २९, २०८३
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ?
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ? बिहीबार, असोज २९, २०८३
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत बिहीबार, असोज २९, २०८३
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ? मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP