नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेशी खुला केन्द्रीय सदस्य पदको मतगणना जारी छ। अहिलेसम्म ३ हजार ९०० मतगणना सकिँदा अनिल रुंगटा २ हजार १५५ मतसहित अग्रस्थानमा रहेका छन् ।
जारी मतगणनामा रामकृष्ण यादव १ हजार ७३८ मतसहित दोस्रो र डा. गरिब दास ठाकुर १ हजार ७३६ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, दिनेश यादवले १ हजार ५७८ र जितेन्द्र देवले १ हजार ५३६ मत प्राप्त गरेका छन् ।
मतगणनाको पछिल्लो विवरणअनुसार अशर्फी साहले १ हजार ५१४, अशोक कुमार शाहले १ हजार ३३९ र उमेशचन्द्र यादवले १ हजार ३०० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, मिथलेश मिश्राले १ हजार १६९, जंगिलाल रायले १ हजार ८४, परमेश्वर साहले १ हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत प्राप्त गरेका छन् ।
मधेशी खुला केन्द्रीय सदस्यतर्फको मतपरिणाम
१. अनिल रुंगटा — २,१५५ मत
२. रामकृष्ण यादव — १,७३८ मत
३. डा. गरिब दास ठाकुर — १,७३६ मत
४. दिनेश यादव — १,५७८ मत
५. जितेन्द्र देव — १,५३६ मत
६. अशर्फी साह — १,५१४ मत
७. अशोक कुमार शाह — १,३३९ मत
८. उमेशचन्द्र यादव — १,३०० मत
९. मिथलेश मिश्रा — १,१६९ मत
१०. जंगिलाल राय — १,०८४ मत
११. परमेश्वर साह — १,०७० मत
१२. श्रीप्रसाद राउत — ८१२ मत
१३. लालबहादुर राउत — ७९६ मत
मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाममा थप परिवर्तन हुन सक्नेछ।