दसैं बिदापछि पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ७९४ रुपैयाँले घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको छ ।
यसअघि असोज ३० गते चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो। दसैं बिदापछि बजार खुलेसँगै सुन र चाँदी दुवैको मूल्य घटेको हो ।