पटेर्वा सुगौली गाउँपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन, एम्बुलेन्स र जेसीबीका लागि ६६ लाख ८० हजार ३ सय ४८ रुपैयाँ इन्धनमा खर्च गरेको छ । तर इन्धन खर्च गर्दा सवारीसाधनको गन्तव्य, दूरी, समय र खपतबीचको सम्बन्ध देखिने गरी व्यवस्थित लगबुक नराखिएको महालेखाले जनाएको छ ।
लेखापरीक्षणका क्रममा सवारीसाधन प्रयोगकर्ताअनुसार इन्धन खपतको विवरण माग गरिए पनि गाउँपालिकाले उपलब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख छ । यसले ठूलो रकम इन्धनमा खर्च भए पनि कुन सवारीसाधनले कति इन्धन प्रयोग गर्यो भन्ने आधारभूत विवरण नै अभिलेखबाट नदेखाएको जनाएको छ ।