पकाहामैनपुर गाउँपालिकाले आर्थिक वर्षमा ४९ लाख रुपैयाँ इन्धनमा खर्च गरेको छ । यो रकम गाउँपालिकाको ८० लाख २५ हजार २९२ रुपैयाँ आन्तरिक आम्दानीको ६१.०६ प्रतिशत हो ।
गाउँपालिकासँग कार, भाडाको गाडी, एम्बुलेन्स, जेसीबी, ट्र्याक्टर, जेनेरेटर तथा १८ वटा मोटरसाइकल सञ्चालनमा रहेका छन् । तर सवारीसाधनको गन्तव्य, दूरी, समय र इन्धन खपतबीचको सम्बन्ध देखिने गरी व्यवस्थित लगबुक समेत राखेका छैन् भने इन्धनका बिल समेत व्यवस्थित नभएको महालेखाले जनाएको छ ।
लेखापरीक्षणका क्रममा कुन–कुन सवारीसाधनमा कति इन्धन खपत भयो भन्ने विवरण माग्दा पनि गाउँपालिकाले उपलब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।