शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • समाज
  • ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, कात्तिक २०, २०८३
A1 Beakery Add A1 Beakery Add

सस्तो दरमा अमेरिकी डलर साट्ने प्रलोभन देखाएर ठगीको शृंखला चलाउँदै आएका सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड घुँडामुनि गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय तामाङलाई बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चाबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोली उनलाई पक्राउ गर्न पुगेका बेला तामाङले प्रहरीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट एक प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार तामाङले अमेरिकी डलर सस्तो दरमा साटिदिने भन्दै कागजको बिटोलाई डलरको पोको बनाएर देखाउँदै सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । पछिल्लो पटक २२ असोज २०८३ मा विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो मूल्यमा साटिदिने भन्दै उनले ठगीको योजना बनाएको प्रहरीको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रहरीका अनुसार उनले अमेरिकी डलर ५० को नोट साट्ने प्रलोभन देखाएर दुई जनालाई विश्वासमा पारेका थिए । त्यसपछि २३ असोज २०८३ मा गोकर्णेश्वरस्थित लसुनटारमा बोलाएर दुवै जनाबाट जनही ८ लाख रुपैयाँका दरले कुल १६ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।

८ वटा ठगी मुद्दामा संलग्न रहेको प्रहरीको दाबी

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा तामाङविरुद्ध यसअघि नै विभिन्न प्रहरी कार्यालयमा आठवटा ठगीसम्बन्धी मुद्दा दर्ता भएको पाइएको छ ।

प्रहरीका अनुसार उनीविरुद्ध १५ मंसिर २०८० मा प्रहरी वृत्त स्वयम्भूबाट पहिलो ठगी मुद्दा चलेको थियो। त्यसपछि २३ फागुन २०८० मा स्वयम्भूबाटै अर्को मुद्दा दर्ता भएको थियो ।

त्यस्तै, ८ साउन २०८१ मा जिल्ला प्रहरी परिसर भक्तपुर, १ कात्तिक २०८१ मा प्रहरी वृत्त स्वयम्भू, १६ मंसिर २०८२ मा इलाका प्रहरी कार्यालय बाह्रबिसे, २८ मंसिर २०८२ मा प्रहरी वृत्त महाराजगञ्ज, १ पुस २०८२ मा प्रहरी वृत्त बौद्ध र ८ चैत २०८२ मा प्रहरी वृत्त सातदोबाटोबाट उनीविरुद्ध ठगीसम्बन्धी मुद्दा चलेको प्रहरीको अभिलेखमा देखिएको छ ।

होटल र पसलको विवरण संकलन गरेर बनाउँथे विश्वास

प्रहरीका अनुसार तामाङको ठगी गर्ने शैलीसमेत योजनाबद्ध र फरक प्रकृतिको देखिएको छ । उनको मोबाइल फोन जाँच गर्दा विभिन्न होटल, रेस्टुरेन्ट, गरगहना पसल, हार्डवेयर, मेडिकल तथा होलसेल पसलका तस्बिर र फोन नम्बरहरू फेला परेका छन् ।

उनले यस्ता पसल तथा होटलमा पुगेर त्यहाँ टाँसिएका होर्डिङ बोर्ड र विज्ञापनमा उल्लेख भएका फोन नम्बरको तस्बिर खिचेर राख्ने गरेको प्रहरीको भनाइ छ । पछि सम्बन्धित व्यक्तिलाई फोन गरेर आफू पहिले त्यही होटलमा बसेको वा पसलबाट सामान खरिद गरेको बताउँदै विश्वासमा पार्ने गर्थे ।

यसरी परिचय र विश्वास स्थापित गरेपछि उनीहरूले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रस्ताव राख्ने र एकान्त स्थानमा बोलाएर ठगी तथा लुटपाट गर्ने गरेको प्रहरीको दाबी छ।

बोल्न नसक्ने व्यक्तिको नाटक गराएर ठगी

तामाङले ठगीका क्रममा आफ्नै समूहका एक सदस्यलाई बोल्न नसक्ने व्यक्तिको अभिनय गर्न लगाउने गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार समूहका ती सदस्यलाई डलरको पोको बोक्न लगाएर कारोबारमा सहभागी गराइन्थ्यो । बाहिरपट्टि अमेरिकी डलरको नोट र भित्र कागजका बिटा राखिएको पोको देखाएर पीडितलाई विश्वास दिलाउने गरिन्थ्यो। पीडितले रकम दिएपछि उनीहरू पोको थमाएर फरार हुने गरेको प्रहरीको भनाइ छ ।

ठगी गरेपछि तामाङ मोटरसाइकलमा फरार हुने, त्यसपछि मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने र सिमकार्डसमेत फेर्ने गरेको प्रहरीले जनाएको छ ।

नक्कली सुन देखाएर ठगी गरेको आशंका

प्रहरीका अनुसार पछिल्लो समय तामाङ स्वयम्भू, बुढानीलकण्ठ र साँखु क्षेत्रमा सुन भन्दै नक्कली सुन देखाएर ठगी गर्ने कार्यमा समेत सक्रिय रहेको खुलेको छ । विगतका अन्य घटनामा समेत उनको हुलियासँग मिल्दोजुल्दो व्यक्ति देखिएकाले उनी थप घटनामा पनि संलग्न हुन सक्ने प्रहरीको आशंका छ ।

आठवटा ठगीसम्बन्धी मुद्दाको अभिलेख रहेका तामाङ पक्राउ परेसँगै प्रहरीले उनीसँग जोडिएका अन्य घटनाबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १७:४४
#ठगी प्रकरण #गोली प्रहार #काठमाडौं समाचार #अपराध अनुसन्धान #गोकर्णेश्वर #काठमाडौं प्रहरी #नक्कली सुन #प्रहरीमाथि आक्रमण #सुजन तामाङ #डलर ठगी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा शुक्रबार, कात्तिक २०, २०८३
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा बुधबार, कात्तिक १८, २०८३
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही मंगलबार, कात्तिक १७, २०८३
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद सोमबार, कात्तिक १६, २०८३
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार सोमबार, कात्तिक १६, २०८३
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन संजय यादव
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा वीरगंज सिटी
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP